काठमाडौं । क्रिकेटका राष्ट्रिय टिमका खेलाडी करण केसीलाई  सम्मान  गरिएको छ । शुक्रवार पोखरा महानगरपालिका वडा नं. १३ ले एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो । 

वडा अध्यक्ष किरण बरालले राष्ट्रिय टिमका खेलाडी केसीलाई सम्मान पत्र सहित सम्मान गरिएको जानकारी दिए । सम्मान समारोहमा अध्यक्ष बरालले खेल क्षेत्रमा केसीको उज्ज्वल भविष्यको कामना पनि गरेका छन्  । राष्ट्रलाई उनले पुर्‍याएको योगदान कदर गरी सम्मान गरिएको उनको भनाइ छ ।

सम्मानित भइसकेपछि करण केसीले सम्मान गर्ने जनप्रतिनिधिलाई धन्यवाद प्रकट गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here