काठमाडौं । पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका बेला भारतले उपहारमा दिएको ७ मुर्रा राँगा पोखरा आइपुगेको छ। भारतले १५ मुर्रा राँगा दिएको थियो।पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति आइपुगेको हो। पाँचवटा लहान र तीनवटा नेपागञ्जको राष्ट्रिय पशु प्रजनन कार्यालयको भागमा परेको छ।पोखरा आइपुगेका राँगालाई क्वारेन्टिनमा राखेको राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराका प्रमुख डा. जगदीश पाण्डेयले बताए।‘कम्तिमा पनि २१ दिन क्वारेन्टिन राख्छौं। २-३ दिन यहाँको वातावरणमा भिज्नै लाग्छ, नयाँ गोठ भयो नि त। त्यहाँको खानपान र यहाँको लगभग मिलेकाले एडजस्ट भइसकेका छन्’, उनले भने।

छुट्टाछुट्टै कोठामा राखेको उनले जानकारी दिए। क्वारेन्टिन पास भएपछि वीर्य संकलन केन्द्रमा लैजाने उनको भनाइ छ। वीर्य संकलनका लागि छुट्टै गोठ रहेको उनले बताए।डा. पाण्डेयका अनुुसार पुसबाट ती मुर्रा राँगालाई वीर्य संकलनका लागि प्रशिक्षण हुनेछ। ‘प्रशिक्षण पास गरेपछि वीर्य प्रयोगशालामा परीक्षण गरिन्छ। प्रयोगशालामा पनि सबै प्यारामिटर पास गरेपछि बल्ल वीर्य संकलन भएर स्टोर हुन्छ’, उनले भने। त्यसपछि बल्ल कृत्रिम गर्भाधानका लागि किसानले प्राप्त गर्नेछन्।गत वर्ष प्रजनन् केन्द्रले ६ लाख १३ हजार डोज वीर्य उत्पादन गरेको थियो। पशु वस्तुमा कृत्रिम गर्भाधान गर्न वीर्य संकलनका लागि यस अगाडि नै यहाँ राँगा र साँढे ६० वटा छन्। ४० वटाबाट वीर्य संकलन गरेर किसानको गोठमा पुर्‍याइन्छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here