काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनको छेन्दु-तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।

नेपाल आउन लागेको सिचुवान एयरलाइन्सको एयरबस ए-३१९ जहाज बुधबार बिहान ९:३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउन लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here