काठमाडौँ । पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन ९ देखि १६ गतेसम्म हुने प्रतिष्पर्धामा १२ टीम सहभागी हुनेछन् । १२ विद्यालयलाई ४ टीममा विभाजन गरेर लिग चरणका खेल खेलाउने र शीर्ष टोली सेमिफाइनल प्रवेश गर्ने आयोजकले जनाएको छ ।  विजेता र उपविजेतालाई क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र दिइन्छ । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि कीट दिइनेछ । बलर र ब्याटरलाई ५ हजार तथा उत्कृष्ट खेलाडीले ७ हजार ५ सय पाउने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए ।

 ‘कक्षा १२ सम्म देशले पाउने खेलाडी लुकेर बसेका छन् । यो प्रतिश्पर्धाले देशलाई चाहिने खेलाडी पाउछन्,’ उनले भने । प्रत्येक वर्ष प्रतियोगिता गर्ने आयोजकले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here