काठमाडौँ । भक्तपुरको दुघपाटीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–४ स्थित नासमाना घर भएका ५३ वर्षीय सुमन राजभण्डारीको नपुखु पोखरीमा डुबेर मृत्यु भएको छ ।

मंगलबार डुबिरहेको अवस्थामा उनलाई उद्धार गरेर उपचारको लागी भक्तपुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा साँझ उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here