काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको शुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन् । एमाले नेतृत्वको सरकार हटिसके पछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरणको शुरुवात भएको उनको जिकिर थियो ।

पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्मासी अरुले गरेपनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने खेल भइरहेको भन्दै आक्रोश पोखे । उनले सो अपराधमा संलग्नहरु भ्रष्टाचार विरोधी अभियानको नेता जस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

महासचिव पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौति समेत दिए । मुलुकमा भएको ठूलाठूला भ्रष्टाचारको काण्डहरुलाई छानबिन गर्न एमाले तयार भएपनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनको दाबी थियो । महासचिव पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको दोहोयाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here