काठमाडौँ । प्रहरीले पश्चिम नवलपरासीबाट एक महिनामा २१६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू फरार प्रतिवादी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र मातहतका इकाईहरूबाट खटिएको टोलीले पछिल्लो एक महिनामा उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरू कुटपिट, अंशबन्डा, सार्वजनिक अपराध, चोरी लुटपाट, अदालतको अवहेलना तथा किर्ते मद्दामा दोषी ठहर भएकाहरू छन् । पक्राउ गरिएका फरार प्रतिवादीहरूबाट १८ लाख ६५ हजार जरिवाना असुल गर्न र जेल सजाय गर्न अदालतले फैसला गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here