काठमाडौँ । प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दूई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।खैरो हिरोइनसहित पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उप–महानगरपालिका–७ बस्ने ३८ वर्षीय विनोदप्रसाद गुप्ता र सोही स्थानका ३८ वर्षीय फिरोज चौधरी रहेका छन्।वीरगञ्ज महानगरपालिका–८ स्थित सडकखण्डमा कुराकानी गरिरहेका दुबैजनालाई खानतलासी गर्दा खैरो हिरोईन प्रहरीले बरामद गरेको हो ।

गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको अवस्थामा १०२ ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ बरामद भएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । दुबैजनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here