काठमाडौं । गायक दुर्गेश थापासहित तीन जना विरुद्ध प्रहरीमा उजुरी परेको छ । टोखामा शनिबार वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन् ।

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।

पिडीत र आरोपी दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको डीएसपी अंगुर जीसीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here