सप्तरी– सप्तरीको राजविराजमा दिउँसै मदिरा पिएर सडकमा हंगामा गर्ने प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् । उनले शुक्रबार मदिरा पिएर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई प्रतिवाद गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
सो घटनापश्चात प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।