काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताए ।

उनले  भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’

उनले युवाको सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए । युवाहरुको आवश्यकता र  भावनालाई  बुझेर नयाँ नीतिको आवश्यकता भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here