काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ । शुक्रबार संसद भवनको एक नम्बर गेट अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।
ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याए आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । तर, तत्काल उनलाई प्रहरीले बचाउन सफल भएको छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताइएको छ ।
यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
 
            
 
	
