अष्ट्रेलियामा । निर्देशक शोभित बस्नेतले फिल्म ‘पीआएर’ निर्देशन गर्ने भएका छन् । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मलाई शोभितले निर्देशन गर्ने भएका हन् ।
आरएफएम फयासिलिटी म्यानेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुतिमा यो फिल्म निर्माण हुन लागेको हो । प्रदीप दाहाल र गणेश केसी फिल्मका कार्यकारी निर्माता हुन् । फिल्मका लागि हाल अष्ट्रेलीयाका विभिन्न स्थानमा अडिसन भइरहेको छ ।
यो फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश वुढाथोकीको पटकथा तथा संवाद छ । फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा नै हुने बताइएको छ । फिल्मका लागि सम्पूर्ण कलाकार र प्राविधिक पनि अष्ट्रेलियाबाटै छनोट गरिने छ । आउँदो बर्षबाट यो फिल्मको छायांकन सुरु हुनेछ ।
निर्माणपक्षले फिल्मको घोषणासँग थिम पोस्टर पनि रिलिज गरेको छ ।