काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म सलार आजबाट विश्वभर रिलिज भएको छ ।
सलारले बक्स अफिसमा शाहरुख खानको फिल्म ‘डंकी’सँग प्रतिस्पर्धा गर्दैछ । सलारलाई केजीएफ निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन् भने ‘डंकी’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । यी दुई फिल्ममा कसले बाजी मार्छ त्यो भने हेर्न बाँकी छ हिजो रिलिज भईसकेको फिल्म डंकीको सोचे जस्तो रिजल्ट भने आएको छैन ।
प्रभास सलारमा लार्जर देन लाइफको क्यारेक्टरमा देखिएका छन् र फिल्ममा उनको जबरदस्त एक्सन पनि देखिनेछ । फिल्मको बारेमा आइरहेको रिपोर्टमा प्रभासले सलारका लागि करिब १०० करोड पारिश्रमिक लिएको बताइएको छ । फिल्मको नाफामा पनि उनको हिस्सा रहनेछ र यो हिस्सा करिब १० प्रतिशत हुनेछ । यसरी सालारका लागि प्रभासको तलब थप चर्चामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
फिल्मकी नायिका श्रुति हासनको कुरा गर्ने हो भने उनले सालारका लागि करिब ८ करोड पारिश्रमिक पाएकी छिन् । जहाँ मलयालम फिल्मका सुपरस्टार पृथ्वीराज सुकुमारनले फिल्मका लागि करिब ५ देखि ६ करोड भारु पारिश्रमिक लिएको बताइएको छ । जगपति बाबुले फिल्मका लागि ४ करोड पारिश्रमिक लिएको जानकारी दिइएको छ ।