काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन्। उनले सहायक प्रशिक्षकको जिम्मेवारी पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

मछिन्द्र क्लबलाई दुई पटक शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनाउन सफल कटुवालले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाएका थिए। यसअघि कटुवालले पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए।कटवालसँगै बिनोद डंगोलले गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री कप थ्री नेशन्स कप फुटबल चैत ८ गतेबाट सुरु हुने हुँदा प्रशिक्षणको तयारी सुरु भएको हो। प्रतियोगितामा नेपाल, भुटान र लाओस सम्मिलित हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

प्रतियोगितामा चैत ८ गते नेपाल र लाओस, ११ गते लाओस र भुटान, १४ गते नेपाल र भुटान भिड्ने छन् भने १७ गते फाइनल खेल खेलाउने एन्फाको तयारी छ।यो प्रतियोगितामा नेपाल पहिलो पटक नवनियुक्त प्रशिक्षक अबर्टो एनेसको प्रशिक्षणमा नेपाल पहिलो पटक मैदान उत्रनेछ। फागुन १७ गते बसेको एन्फा कार्यसमितिको बैठकले उनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here