काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू निवासमै आराम गरिरहेको जानकारी दिएका छन् ।

अध्यक्ष ओलीले भने, ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु अध्यक्ष ओलीले भनेका छन्,तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन । तनहुँ(१ मा सर्वेन्द्र खनाल, चितवन(२ मा राम न्यौपाने र बारा(२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ(१, चितवन(२ र बारा(२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु ।’

ओलीले वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार कार्यक्रममा सहभागी हुन नपाएको भन्दै उमेदवारहरूलाई जितको शुभकामना पनि दिएका छन् । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा सबैलाई भेट्न आउने बताउँदै तीनैजना उम्मेदवाारहरुलाई विजयको शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here