काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । गत १२ गते मन्त्रिपरिषदको बैठकले लिखित रुपमा राष्ट्रपतिलाई विधेयक पास गर्न पत्र लेखेको र उनले संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण जानु अघि राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका थिए । अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएको थियो ।

गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here