काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताएका छन्। मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पाैडेलले भने, ‘कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्दछ। बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता हो।’

उनले भने, ‘सारा संरचना गाउँमा पुगिसक्योर गाउँमा मोटर पुग्यो, बिजुली बल्यो, गाउँमा सञ्चार, स्वस्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेज गाउँमा पुगे। गाउँ रित्तो पनि भइसक्यो। आज गाउँ किन रित्तिँदै छ? नीति निर्माण र शासन सत्तामा बस्ने लगायत सबैको चिन्ता यसैमा केन्द्रित हुन जरुरी छ।’राष्ट्रपति पौडेलले विश्व बजारमा प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रमका लागि सामूहिक प्रयत्नको जरुरी रहेको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here