काठमाडौँ – राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजे अर्थात करिब ५ घण्टा जारी रहनेछ । सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । 

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।  मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरिएको छ । 

राष्ट्रपति निर्वाचनमा  सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका  वरिष्ठ नेता  रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here