काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्रीको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी बारे छलफल भएकाे छ । भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको बताए ।
अध्यक्ष ओलीले बजेटमा देखिएको कमीकमजोरी हटाउन प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए । त्यसैगरी प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे जानकारी गराउन एमालेका सांसद्ले माग गर्दै आएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी जसपा नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला सत्तारुढ प्रमुख घटक एमाले र माओवादी केन्द्रका शीर्ष नेताद्वय दाहाल र ओलीको भेटलाई महत्त्वका साथ हेरिएको छ ।