काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किँदै छन्।दुवईमा आयाेजना भएकाे जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप २८) मा सहभागी भइ प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किन लागेका हुन्।

शनिबार उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए।

साथै उनले आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको पनि बताएका थिए।सम्मेलनकाे क्रममा प्रधानमन्त्री दाहालले विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए।प्रधानमन्त्री दाहालकाे प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य अधिकारीहरू पनि छन्।कोप २८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल मंसिर १३ गते दुवई प्रस्थान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here