काठमाडाैं । भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारत गएका दाहाल सोमबार स्वदेश फिर्ता भएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलगायत मन्त्री, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका छन् ।