काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पोखराका सहकारी पीडितले कालो झण्डा देखाएका छन् ।

बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री दाहाललाई सूर्यदर्शन सहकारीका पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

उनीहरुले सहकारी पीडितलाई न्याय दे भन्ने नारा समेत लगाएका थिए ।

प्रहरीले कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here