काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आगामी सेप्टेम्बरमा हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागीका लागि निमन्त्रणा गरेका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्रीलाई भेटर आज महासचिव गुटरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी हुन् ।

जलवायु परिवर्तनलगायतका समकालीन चुनौतिका साथै दीगो विकास लक्ष्य प्राप्तिका विषयमा छलफल गर्नका लागि राष्ट्रसंघको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो ।

महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा प्रधानमन्त्री दाहालले आभार व्यक्त गरेका छन् । उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको बताए ।

सिङ्गरले राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको भन्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि समिटमा भाग लिनुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here