काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयतापछिको विकास सन्तोषजनक रहेको बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले स्थानीय सरकार बनेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि भएका विकास उत्साहवद्र्धक रहेको बताए।७५३ तहकै अवस्था हेर्दा आफूले विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताए। उनले नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरामा ध्यान दिन पनि जोड दिए।

प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ? भन्दै प्रश्नसमेत गरे। उनले आफू काठमाडौंको फोहोर व्यवस्थापन लगायतका कुरामा रचनात्मक रहेको बताए।प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण मात्रै विकास नभएकाले जनताको जीवनमा सुखको प्रत्याभूति गराउन आवश्यक रहेको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here