काठमाडौँ – ओखलढुङ्गाको चिसंखुगढीमा बलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार बिहान ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकास्थित दियालेमा भएको दुर्घटनामा सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिइन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् ।
उनका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घटनामा एक जनाको मृत्यु भएको भन्ने जानकारी आए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कुमारीको भनाइ छ । उनले घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको जानकारी दिइन् ।