काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कोशी प्रदेशकी बलर अप्सरी बेगमले ह्याट्रिक विकेट लिएकी छन् । उनी खेलको २०औँ ओभरको बलिङ गर्न आएकी थिइन् । अप्सरीले २० औँ ओभरको पहिलो बलमा एपीएफ क्लबकी अनुभवी ब्याट्र इन्दू बर्मालाई पेभेलियन फर्काइन् । उनले इन्दूलाई नमिता श्रेष्ठद्वारा क्याच गराएकी थिइन् । क्रिजमा जमिसकेकी इन्दू ५३ रन बनाउँदै आउट भएकी हुन् ।

त्यसपछि अप्सरीले २० औँ ओभरको दोस्रो बलमा एपीएफकी अर्की अनुभवी खेलाडी नेरी थापाको विकेट लिइन् । उनले नेरीलाई खाता खोल्नुअघि नै विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । अप्सरीले २०औँ ओभरको तेस्रो बलमा सोनु खड्कालाई आउट गराइन् ।

उनले सोनुलाई पनि खाता खोल्नुअघि नै बोल्ड गरेकी थिइन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कपको फाइनलमा पहिले ब्याटिङ गरेको एपीएफ क्लबले कोशी प्रदेशलाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here