काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँको टुंडिखेलमा आयोजित थारु समुदायको माघी पर्वलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

प्रधानमन्त्री प्रचण्डले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्ताबेज भएको भन्दै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धीहरूसमेत गुम्नसक्नेतर्फ सचेत गराए ।  उनले भने, ‘‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्ताबेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्त्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन । यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here