काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवाको विमानमार्फत आज शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । गत बुधबार भारत भ्रमणमा गएका प्रचण्डले भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here