काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताएका छन् । मंगलबार काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्ने क्रममा उनले प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका हुन् । आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनीहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’ भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here