काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन नगरिएको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले धेरै ठूलो संघर्ष दुःख कष्ट र कमजोरीबाट पाठ सिक्दै प्रतिगमनका विरुद्ध नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धताका साथ गठन गरिएको बताए। उनले यो कसैका विरुद्ध परिलक्षित नरहेको बताए ।
‘मोर्चा कसैका विरुद्ध परिलक्षित छैन। सबैलाई समेटेर नयाँ शिराबाट आफ्नै कमजोरीको समीक्षा गर्दै त्यसबाट पाठ सिक्दै समाजवादको नयाँ युगतिर नेपाललाई लिएर जाने संकल्पका साथ यो गठन भएको हो ।’ उनले भने । उनले नेकपा गठनको परिस्थितिलाई स्मरण गर्दै एमालेसँगको पार्टी एकता गरेर अलि हतार गरिएको हो कि भन्ने महसुस गरिएको बताए ।
‘नेकपा बचाउन सकिएन । अहिले म कसैलाई दोष दिन चाहँदिन तर एकपटक ऐतिहासिक रुपले समीक्षा गर्नु जरुरी छ । पार्टी एकता गर्ने हतारो पो भएछ किरु मोर्चा बनाउनुपर्थ्यो कि रु’ उनले भने, ‘मोर्चाको बाटोबाट नगएर फड्किएर जाँदा दुर्घटना हुन सक्छ। अब त्यसबाट पाठ सिकेर अघि बढेकाले मोर्चाको सफलतालाई कसैले रोक्न सक्दैन ।’ उनले मोर्चालाई एउटा अभियानका रूपमा लैजाने भन्दै सबैलाई यसमा गोलबन्द हुन आव्हान पनि गरे ।