काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र र संघीयता आएपछि सबैले बोल्न पाएको भन्ने प्रचण्ड सहभागी कार्यक्रममा मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले सो प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने क.प्रचण्ड हेर्नुहोस् त, हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो रु प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् जो सम्भव छ । अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईँ स्वयमलाई थाहा छ।’

अध्यक्ष लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन समेत सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here