काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष सरकार चलाउन स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् ।

पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले संसद्को पाँच वर्षे कार्यकालमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका हुन् ।

संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठुलो कुरा नभएको भन्दै शर्माले कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी गर्नुपर्ने बताए । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने पनि उनको भनाइ थियो ।

यस्तै उनले सभापति शेर बहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अव त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफूले दिएको उनको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरी योजना बनाउनुपर्ने सुझाव दिए ।

सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो । उनले जन्ममितिले नयाँ राजनीतिक दलहरू नभई प्रवृत्तिबाट राजनीतिक दलहरू आवश्यक रहेको बताउनु भयो । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here