काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण सबस्टेशनको उद्घाटन गर्ने भएका छन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सबस्टेशनको उद्घाटन गर्ने भएका हुन् ।
हेटौँडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।