काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ।

संघले शनिवार जाजरकोट भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टिकटबाट प्राप्त रु २० लाख रुपैयाँ बराबरको रकम कोषलाई उपलब्ध गराएको हो । प्रधानमन्त्रीसँगको सो भेटमा पूर्व कप्तान पारस खड्का लगायतको उपस्थिति रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here