काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सहसचिवलाई सचिव पदमा बढुवा गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बढुवा हुनेमा प्रशासन सेवातर्फ केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगमा मुरारीप्रसाद खरेल छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here