काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति जिम्मेवारी दिएका छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका सभापति देउवाले  उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आफू स्वदेश नफर्कुन्जेलसम्मका लागि देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । 

‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देशबाहिर प्रस्थान गर्नुभएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको छ,’ पार्टी कार्यालयका मुख्यसचिव पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here