काठमाडौ । प्युठान अस्पताल, बिजुवारमा सल्यक्रियाको लागी चाहिने पूर्वाधार नहुँदा समस्या थियो। सुविधासम्पन्न शल्यक्रिया टेबल थिएन। अहिले अस्पताललाई निःशुल्क शल्यक्रिया टेबल उपलब्ध भएको छ।जिल्ला अस्पतालमा भएको १ मात्र अप्रेसन टेबल जीर्ण अवस्थामा रहेकोले बढ्दो बिरामी चापको कारण नयाँ अप्रेसन टेबल नहुँदा समस्या परेको भन्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीको पहलमा प्युठान अस्पताललाई एक थान निःशुल्क अप्रेशन टेबल उपलब्ध गराइएको हो।
शल्यक्रिया गर्नुपर्ने बिरामीहरू भए पनि आवश्यक पूर्वाधार नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेलले बताए।हाडजोर्नीका बिरामीहरूको शल्यक्रिया गर्नका लागि छुट्टै टेबल नभएकोले समस्या परेको भन्दै अब टेबल उपलब्ध भएपछि सहज हुने पौडेलको भनाइ छ।
बिरामीले सास्ती नपाउन् भन्ने उद्देश्यले लुम्बिनी प्रदेश सांसद गिरीले काठमाडौ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामार्फत टेबुल उपलब्ध गराएकी हुन्।उनले भनिन्,– ‘प्युठानमा स्वास्थ्य क्याम्प गर्न जादा संघीय सांसद शर्मालाई अनुरोध गरी उक्त अप्रेसन टेबल प्युठान अस्पतालको लागि उपलब्ध गराइएको हो।’जर्ज डेन्टल कम्पनीका सञ्चालक उमेश अग्रवालले उक्त टेबल निःशुल्क उपलब्ध गराएका हुन्।