कठमाडाैं कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आएका थानी आज स्वदेश फर्किएका हुन् ।

उनलाई बिदाई गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

नेपाल भ्रमणका क्रममा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल सँग भेटवार्ता गरे ।

दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । त्यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच दुईवटा सम्झौता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here