काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ । किस्ट अस्पतालमा उपचारका क्रममा आज शनिबार बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here