रणवीर कपूर र आलिया भट्ट बारे हालै एक जना शेफले नयाँ खुलासा गरेका छन । ती शेफका अनुसार आलियाको जन्मदिनमा रणवीरले केक बनाउन सिकेका थिए । त्यस्तै आलियाले पनि रणबीरको लागि केक बनाएकी थिइन् ।
अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक जना शेफले आलिया र रणवीरबारे केही कुरा भनिरहेका छन् । रणवीर र आलियाले एक अर्कालाई डेट गरिरहेको बेलामा आलियाको जन्मदिनमा रणवीरले केक बनाउन सिकेका थिए ।
अभिनेताले आलियालाई मन पर्ने ट्रेस लीचेज केक बनाएका थिए । आफूले रणवीरको लागि आलियालाई चाँहि पाइनएप्पल केक बनाउन सिकाएको उनको भनाई छ । शेफका अनुसार यी दुवैले प्रायः एक अर्काको जन्मदिनमा केक बनाउने गरेका थिए । आलियाले केक बनाइरहेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
आलिया र रणवीर पहिलो भेट ब्रम्हास्त्रको सेटमा भएको थियो । करिब ५ वर्षसम्म एक अर्कालाई डेट गरेर यिनीहरुले सन् २०२२ को अप्रिल १४ मा बिहे गरेका थिए ।


























