काठमाडौँ- बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ।साथै उनबाट ३ लाख जरीवाना २ लाख क्षतिपुर्ति भराउन समेत आदेश दिएको छ।काठमाडौँ जिल्ला अदालतले सन्दीपको सजायसम्बन्धी निर्णय बुधबार सार्वजनिक गरेको हो।

गौशला २६ का कानुन ब्यबसायिले १५ वर्ष कैद सजाय माग गरेका थिए भने सरकारी वकिलले १० वर्ष सजायको माग गरेका थिए। त्यस्तै सन्दीपका कानुन ब्यबसायिले ७ वर्षको सजाय निर्धारण हुनु पर्ने माग अदालत समक्ष गरेका थिए।न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई ८ वर्ष कैद सजाय सुनाए। साथै उनलाइ ५ लाख क्षतिपुर्ति गराउन आदेश दिएका थिए।

यसअघि गत १३ पुसमा न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै बुधबारका लागि सजाय निर्धारणको पेशी तोकेको थियो। सन्दीपको मुद्दामा अदालतको फैसलाको पूर्ण पाठ आएपछि सन्दीप पुनरावेदनका लागि उच्च अदालत जाने उनका वकिल सरोज कृष्ण घिमीरेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here