काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा राशिद खानको शानदार शतकको मद्दतले नेपाल पुलिस क्लबले बागमती प्रदेशसामु २ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको हो । 

खानले ११२ बलमा १०६ रन बनाउँदै नटआउट रहे । उनले यसक्रममा ९ चौका र ६ छक्का हिर्काए । उनलाई आरिफ शेखले ६६ बलमा ५७ रन बनाउँदै राम्रो साथ दिए ।  कप्तान दीपेन्द्र सिंह ऐरीले १४ बलमा २१ रन बनाए भने सुनिल धमला र अर्जुन साउदले २०–२० रनको योगदान दिए ।

बागमतीका लागि सूर्य तामाङ र रिजन ढकालले ३–३ विकेट लिए । त्यस्तै गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here