काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्रपति भवन शीतल निवासमा आज भेटवार्ता भएकाे हाे ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । अन्य समसामयिक विषयमा छलफल भएकाे जनाइएको छ ।
प्रधानमन्त्री आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन भारत जाँदैछन् । भारतीय प्रधानमन्त्रीले दाहाललाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।