काठमाडौँ । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ सोही ठाउँस्थित बाग्मती खोलाको छेउमा रहेको मकै खेतमा मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै बाटोमा घाँटी काटिएर घाइते अवस्थामा फेला परेका तामाङका श्रीमान् ३७ वर्षीय तीर्थ वाइवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको बताएपछि खोजी गर्ने क्रममा घाँटी काटिएर मृत्यु भएको अवस्थामा सेतीमायाको शव फेला परेको हो । 

घाइते तीर्थ बाइवाको सिभिल अस्पताल चपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार हँसिया २ थान फेला पारी बरामद गरेको छ । ललितपुर, ललितपुर महानगरपालिका–१४ महालक्ष्मी स्थान डेरा गरी बस्ने झापा घर भएकी ३४ बर्सिया अन्जु लिम्बु आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here