काठमाडौँ । ‘प्रत्येक दिन यहाँ (संसद‍्मा) आउँदै, हाजिर गर्दै, उठ्दै, आफ्ना माग राख्दै, सभामुख महोदयले रुलिङ गर्दै अनि सरकारले नसुन्दै गरेको यो सिलसिला, यो शृङ्खलालाई अब रोक्नुपर्छ सभामुख महोदय ।’

यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य रवि लामिछाने (हाल उपप्रधान तथा गृहमन्त्री)ले गत फागुन १४ गते प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनको एउटा अंश हो ।

तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यतिबेला विवादित केही मन्त्रीको राजीनामा माग गर्दै संसद‍्मा अवरोध गर्दै आएको थियो । त्यही क्रममा विपक्षी कित्तामा रहेका लामिछानेले प्रतिनिधिसभा बैठकमा सरकारलाई नैतिकताको पाठ सिकाउँदै छोटो प्रवचन नै दिए ।

हामी संवेदनशील समयमा छौँ । यो सदनको जिम्मेवारी धेरै छ । कानुनहरू पास गर्नुपर्ने छ । धेरै काम गर्नुपर्नेछ,’ आफूहरू निकै व्यस्त रहेको र थुप्रै काम गर्नुपर्ने भए पनि सरकारले हलो अड्काइरहेको टिप्पणीका साथ उनले भनेका थिए, ‘त्यसलाई छोडेर हामी दिनदिनै मन्त्रीको राजीनामा देऊ, मन्त्रीलाई हटाऊ, जवाफ देऊ भनेर काम नपाएर जनताले हामीलाई पठाएका होइनन् सभामुख महोदय ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here