काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी नायब महानिरीक्षक डिआईजी लाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी मा बढुवा गर्ने गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको सोमबार बसेको बैठकले नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरेको हो ।

६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपको ६८.२११२ नम्बर छ । तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएका छन् । उनीहरू सबै वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन् ।

सरकारले चैत १० गते कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो । नेपाल प्रहरीका ८ एआईजी दरबन्दीमध्ये तीनजनाले चैत १० गते मध्यरातबाट अवकाश पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here