काठमाडौं । सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुमबासी बस्ती हटाउने भएको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले मंगलबार संघीय संसदमा आर्थिक वर्ष ०८०र८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गर्ने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ । सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here