नेपालका चर्चित रक एण्ड पप गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । उनको मृत्युको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मंगलबार राति यो घटनाको खबर बाहिर आएको हो । उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ ।
रोविनको फेसबुक आइडीले पनि यसबारे जानकारी दिएको छ । जसका कारण उनको निधन भएको पुष्टि भएको छ । त्यसपछि अन्य कलाकारले पनि उनलाई फेसबुकमा श्रद्धाञ्जली दिन थालेका छन् । रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक भएकाले उनका धेरै गीत युवाहरूमाझ लोकप्रिय छन्।


























