काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबिच दिउँसो एकता घोषणा हुँदै छ । बुधवार दिउँसो १२ बजे बानेश्वरमा एकता घोषणा हुने छ ।

मंगलबार बसेको दुवै पार्टीको संयुक्त बैठकले महाधिवेशन आयोजक समिति गठन गरेको थियो । संयोजकमा मोहन वैद्य किरण र सहसंयोजकमा धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली रहेका छन् ।

२५ सदस्य कार्यालय, ८० सदस्यको सचिवालय गठन गरेको छ । ५७८ सदस्यीय आयोजक समिति गठन गरेको छ । बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गरेको सिंहले बताए । घोषणासभाअघि पशुपतिबाट मार्चपास गर्नेछ । साउनभित्र महाधिवेशन गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here